एकता अर्जम साँस्कृतीक समुह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजया दशमी को पाबन अबसरमा आयोजना गरेको बृहत साँस्कृतीक कार्यक्रम बिबिध कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको छ। ''लोपउन्मुक
संस्कृतिको संरक्षण गरौ, आन्तरिक पर्यटन को प्रबर्दन गरौ'' भन्ने मुल
नाराका
साथ आयोजित कार्यक्रमको प्रमुख अतिथी ईन्द्र थापा मगर ज्यू तथा संस्थाका
अध्यक्ष खकेन्द्र थापा मगर ले सभापतिको आसन ग्रहन गर्नुभएको थियो। कार्तिक ६ गते देखि सुरु भएको कार्यक्रम कार्तिक १० गरे समापन भएको थियो। जसमा विविध साँस्कृतिक
कार्यक्रम, साङ्गितिक कार्यक्रम, एकल नित्य
प्रतियोगिता, एस एल सी उतिर्ण बिधार्थीहरु लाई सम्मान,
हाजिरीजवाफ
प्रतियोगिता, पोखरेली कलाकारहरु
को प्रस्तुती, म्याग्दी जिल्लाबाट बिषेश पहिचान बनाउन सफल राष्ट्रिय स्रस्ता सम्मान,जेष्ठ नागरिक सम्मान तथा अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता रहेको थियो। खुला एकल नित्य
प्रतियोगिता अन्तर्गत, रत्नेचौर ७
म्याग्दी का कबिता आलेमगर प्रथम भई रु ५,००० आफ्नो पोल्टामा पारिन भने द्धृतिय र तृतिय क्रमश बाग्लुङ बजार निबासी सोनम थापा मगर र रत्नेचौर १
म्याग्दी का प्रमिला पुन मगर भई रु ३,००० र १,००० रुपैया प्राप्त गरिन्। यसैगरि अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगितामा वार्ड नं ९ र वार्ड नं ७ क्रमश प्रथम र द्धृतिय भएका छन्। कार्यक्रमा म्याग्दी जिल्लाबाट बिषेश पहिचान बनाउन सफल राष्ट्रिय स्रस्ताहरु गायिका धन कुमारी थापा, गायक
बिर बहादुर कार्कि र साहित्यकार ध्रुबलाल शर्मा लाई दोसल्ला तथा सम्मान पत्र द्धारा सम्मान गरिएको थियो। अर्जम गाउबाट २०६९ सालको प्रबेशिका परिक्षा उतिर्ण गर्ने बिधार्थीहरु लाई मायाँको चिनो तथा ११ जना ८० बर्ष काट्नुभएका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान तथा फलफुल बितरण पनि गरिएको थियो। कार्यक्रमको अन्तिम दिन पोखरेली
कलाकारहरुको बिशेष प्रस्तुति जसमध्ये चेन आलेमगर द्धारा कमेडी नित्य
प्रस्तुत र अन्य कलाकार हरुबाट बि-बोईङ, ट्युबलाईट डान्स जस्ता बिबिध
प्रस्तुति रह्यो। कार्यक्रम आयोजनाका लागि वैदेशिक रोजगार तथा स्वदेशी व्यापार/ब्यवसायमा
संलग्न रत्नेचौरवासी तथा अन्य सहयोग दाताहरुले उल्लेख्य मात्रामा आर्थिक
सहयोग प्राप्त भएको थियो। सरकारी निकाय बाट कुनैपनि सहयोग नपाएको गुनासो गर्दै,
कार्यक्रम अवधिभर २,१२,९२५/- रुपैया सहयोग संङ्कलन भएको संस्थाका अध्यक्ष खकेन्द्र थापा मगर ले जनाउनु भएको छ। स्मरण रहोस्, एकता अर्जम साँस्कृतीक समुहले बिगत २०६४ सालदेखी निरन्तर रुपमा बिजयादशमी को अबसरमा बिबिध कार्यक्रम आयोजना गर्दै आईरहेको छ।
सम्पुर्ण सहयोग बिबरण पछि प्रकाशन गर्नेछौ।

No comments:
Post a Comment