एकता अर्जम साँस्कृतीक समुह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजया दशमी को पाबन अबसर मा आयोजना गरेको बिबिध कार्यक्रम मध्ये आज बृहत साँस्कृतीक कार्यक्रम तथा रास्ट्रिय श्रस्ताहरु सम्मान सफलतापुर्बक सम्पन्न भएको छ। ” लोपउन्मुक संस्कृतिको संरक्षण गरौ, आन्तरिक पर्यटन को प्रबर्दन गरौ ” भन्ने मुल नाराका साथ आयोजित आजको कार्यक्रमको प्रमुख अतिथी ईन्द्र थापा मगर ज्यू (सल्लाहकार २०६४-०६६; एकता अर्जम सांस्कृतिक समुह ) लाई बनाईएको थियो। आजको कार्यक्रममा गायिका धन कुमारी थापा, गायक बिर बहादुर कार्कि र साहित्यकार ध्रुबलाल शर्मा लाई दोसल्ला तथा सम्मान पत्र द्धारा सम्मान गरिएको थियो। यसैगरि स्व. तेजिन्द्र स्मृती भबन निर्मानार्थ रु ८०,००० बराबरको जग्गा प्रदान गर्नुहुले श्री प्रेम थापा मगर ज्यू लाई पनि उहाँको अनुपस्थिति भएपनि दोसल्ला तथा सम्मान पत्र प्रदान गरियो। सुरक्षाको कारणले छोट्याईएको कार्यक्रम (दिउसो १ बजे देखि बेलुकी ७ बजे सम्म) अलि खल्लो भएको प्रतिकृया आएपनि भोलिको कार्यक्रम भब्य हुने संस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले बताउनु भएकोछ। साँस्कृतीक समुहको सम्पर्ण नित्यहरु पनि प्रस्तुत हुन बाँकि रहेको र भोलिको कार्यक्रममा प्रस्तुत गराईने भएको छ। आजको कार्यक्रममा गत बर्ष बिबाह बन्धनमा बाधिनुभएका कलाकारहरु निराजन थापा र निर्जना थापा लाई बधाई तथा मायाँको चिनो प्रदान गरिएको थियो ।
भोलीहुने कार्यक्रम जानकारी
-खुला एकल नित्य प्रतियोगिता।
-एकता अर्जम साँस्कृतीक समुह को तर्फबाट विविध साँस्कृतीक नित्य प्रस्तुति ।
-पोखरेली कलाकारहरुको बेजोड प्रस्तुति (कमेडी नित्य; चेन आले मगर तथा Tubelight Dance, B-boing, Hip Hop dance etc)
-S.L.C. उतिर्ण बिधार्थी हरुलाई सम्मान।
-११ जना ८० बर्ष काट्नुभएका जेष्ठ नागरिकहरुलाई सम्मान।
- बिबिध साङ्गितिक प्रस्तुतिहरु
- पुरस्कार तथा प्रशंसा-पत्र बितरण।
-समापन समारोह।
ईन्टरनेट समस्याको कारणले तस्बिरहरु राख्न नसकेकोमा क्षमाप्राथी छौ। केहि दिन पछि भिडियो तथा फोटोहरु अपलोड गर्नेछौ।

No comments:
Post a Comment