welcome

बस्ति बस्तिमा चेतना छर्दै......

Wednesday, September 17, 2014

दशैमेला २०७१ लाइ सहयोगको क्रम जारी

हामीलाई नयाँ सहयोग प्राप्त भएको छ । सहयोगको क्रम जारी छ, कतै तपाई छुत्नु भयो कि?
* गणेश बिक, रुम -६, म्याग्दी (हाल मलेसिया) रु ३,०००/-
* निराजन शिरिष, बेनपा -१, रत्नेचौर (हाल फिनल्यान्ड) रु २,०००/-
(भलिबल बेस्ट प्लेयर प्रायोजक)
*नन्दलाल पौडेल, बागलुंग- ६, छिस्ती (हाल कतार ) रू १०००/- 
(नित्य तितीय प्रायोजक)
‪#अन्य_सहयोग_दाता_हरु‬
* जंङ्ग बहादुर थापामगर, बेनपा -२, ठुलोघर अर्जम (हाल मलेसिया) रु १०,०००/- (प्रथम पुरस्कार प्रायोजक : खुला भलिबल प्रतियोगिता)
* ड्म्मर बहादुर थापामगर, बेनपा -२, पूरान्जी अर्जम रु ६,०००/-
* पूर्ण ब. थापामगर, बेनपा -२, पूरान्जी अर्जम (हाल मलेसिया) रु ५,०००/- 
(द्धितिय पुरस्कार प्रायोजक : खुला भलिबल प्रतियोगिता)
* हरि थापामगर, बेनपा -२, पूरान्जी अर्जम (हाल मलेसिया) रु ५,०००/- 
(प्रथम पुरस्कार प्रायोजक : एकल नृत्य प्रतियोगिता)
* युबराज थापामगर, बेनपा -२, डाडाबारी अर्जम (हाल कतार) रु ५,०००/- 
(मुख्य ब्यानर प्रायोजक)
* दुर्गा नेपाली, बेनपा -२, पूरान्जी अर्जम (हाल मलेसिया) रु ५,०००/-
* राजेन्द्र नेपाली "आकाश", बेनपा -२, पूरान्जी अर्जम (हाल मलेसिया) रु ३,०००/- (द्धितिय पुरस्कार प्रायोजक : एकल नृत्य प्रतियोगिता)
* कृष्ण बहादुर खड्का, बेनपा -३, गौश्वारा (हाल मलेसिया) रु ३,०००/-
* श्याम नेपाली, बेनपा -२, पूरान्जी अर्जम (हाल मलेसिया) रु ३,०००/-
*चन्द्र बहादुर थापामगर, बेनपा -२, गैराटोल अर्जम (हाल मलेसिया) रु २,५००/-
*रामु बहादुर कार्की, पाला -८, बाग्लुङ्ग (हाल मलेसिया) रु १,५००/-
हालसम्म जम्मा रु ५४,०००/- सहयोग प्राप्त भैसकेको छ ।
लाख लाख धन्यबाद छ सहयोगी हातहरुलाई...........

Tuesday, September 16, 2014

दशैमेला २०७१ लाइ सहयोगको क्रम जारी

हामीलाई अझै नयाँ कार्य गर्ने आगडी बद्ने प्रेरणा मिल्छ जब हाम्रा शुभचिन्तक हरुको साथ सहयोग अनि सुझबसल्लाह आउछ । हामी जहाँ रहे पनि, जहाँ गए पनि नेपाली भाषा, साहित्य, कला र संस्कृति नभुलौं भन्दै हिन्दूहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा दाजुभाई,दिदीबहिनी, चेलीबेटीहरु सबैलाई हार्दिक शुभकामना सहित यससंस्थाको सातौ बार्षिकोत्सवको अवसरमा बिबिध कार्यक्रम संचालन गरिएकोमा हाम्रा शुभचिन्तक ज्युहरुले हामीलाई माया गरी कार्यक्रम प्रायोजन गर्नु भएको छ जुन यस प्रकारले अपडेट गरेको छौ ।
#कार्यक्रम_प्रायोजन_कर्ताहरु 
१. जंङ्ग बहादुर थापा मगर बेनी नगरपालिका-२ गैरा टोल ठुलोघर, अर्जम म्याग्दी हाल मलेसिया- भलिबल प्रत्योगिता प्रथम पुरस्कार रु१०,०००/ 
२. पूर्ण ब. थापा मगर बेनी नगरपालिका-२ पुरान्जी, अर्जम म्याग्दी हाल मलेसिया- भलिबल प्रत्योगिता दितीय पुरस्कार रु ५०००/
३. हरि थापा मगर ईराज थापा मगर बेनी नगरपालिका-२ पुरान्जी, अर्जम म्याग्दी हाल मलेसिया- खुल्ला एकल नित्य प्रथम पुरस्कार रू.५०००/
४. राजेन्द्र नेपाली"आकाश" बेनी नगर पालिका-२ पुरान्जी, अर्जम म्याग्दी हाल मलेसिया- खुल्ला एकल नित्य दितीय पुरस्कार रु ३०००/
#सहयोग_दाताहरु 
१. ड्म्मर बहादुर थापा मगर बेनी नगरपालिका-२ पुरान्जी, अर्जम म्याग्दी रु६,०००/ सहयोग
२. दुर्गा नेपाली बेनी नगर पालिका-२ पुरान्जी, अर्जम म्याग्दी हाल मलेसिया रु५,०००/ सहयोग
३. कृष्ण बहादुर खड्का बेनी नगरपालिका-३ गौश्वारा हाल मलेसिया रु३०००/ सहयोग
४. श्याम नेपाली बेनी नगर पालिका-२ पुरान्जी, अर्जम म्याग्दी हाल मलेसिया रु३०००/ सहयोग
५. चन्द्र बहादुर थापा मगर बेनी नगर पालिका-२ गैरा टोल, अर्जम म्याग्दी 
हाल मलेसिया रु२५००/ सहयोग
६. रामु बहादुर कार्की पाला ८ बाग्लुङ्ग हाल मलेसिया रु१५००/ सहयोग
सहयोगको क्रम जारी छ कतै तपाई छुत्नु त भएन ?
[ पुनस्च- प्रायोजन कर्ताहरु प्राप्त भएमा नामावली क्रमस अपडेट गरिनेछा ]

दशैमेला २०७१

मिति २०७१/०५/१८ 
सम्पूर्ण सहकर्मी मित्रज्युहरुमा अभिवादन ।
गाँउघर देश बिदेशमा छरीएर रहनु भएका सम्पूर्ण सहकर्मी मित्रज्युलाई फेरि सम्झन चाहन्छौ। हजुरहरुको साथ र सहयोग त छदैछ जसको हामी सहरानीय गर्दछौ। हामीले यस पेज मार्फत सुचना दिदै सधैको बर्ष झै यस बर्षपनी यस सस्थाले दशैमेला २०७१  आयोजना गरिने भएकोले आफ्नो गाँउघरको परिचय,भाषा ,सस्कृति,भेष भुषा र रितिरिवाजलाई चिनाउनको लागि तपाईहरुको पनी योगदान छ त्यसैले आ-आफ्नो तह र तप्काबाट हामीलाई प्रायोजन गरि आर्थिक तथा भौतिकरूपले सहयोग गर्न विनम्र अनुरोथ गर्दै यो कार्यक्रमलाई सम्पन्नं गर्न यहाँहरुको सहयोगको उच्च कदर गर्दै यो सूचनालाई shera शेर साथै आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। सहयोगको लागि तपसिल वमोजिमका व्यक्तिहरुसंग सम्पर्क गरि रकम पठाउन सक्नु हुनेछ ।
सम्पर्क व्यक्तिहरू
१ रामचन्द्र थापा मगर , जर्मन
२ निराजन थापा मगर ,मलेसिया
३ राजेश थापा मगर ,मलेसिया
४ खगेन्द्र थापा मगर ,साउदी
५ भगवान थापा मगर ,कतार
६ लीला थापा मगर ,बेनी नगर पलिका-२ अर्जमटोला
७ याम थापा मगर ,बेनी नगर पालिका-२ पुरांजी
मूल आयोजक समिति
एकता अर्जम सास्कृतिक समूह
बेनी नगर पालिका-२ अर्जम, म्याग्दी

Sunday, October 28, 2012

अर्जममा बृहत साँस्कृतीक कार्यक्रम तथा बिबिध कार्यक्रम सम्पन्न

                                  एकता अर्जम साँस्कृतीक समुह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजया दशमी को पाबन अबसरमा आयोजना गरेको बृहत साँस्कृतीक कार्यक्रम बिबिध कार्यक्रम सफलतापुर्बक सम्पन्न  भएको छ। ''लोपउन्मुक संस्कृतिको संरक्षण गरौ, आन्तरिक पर्यटन को प्रबर्दन गरौ'' भन्ने मुल नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथी ईन्द्र थापा मगर ज्यू तथा संस्थाका अध्यक्ष खकेन्द्र थापा मगर ले सभापतिको आसन ग्रहन गर्नुभएको थियो। कार्तिक ६ गते देखि सुरु भएको कार्यक्रम कार्तिक १० गरे समापन भएको थियो। जसमा विविध साँस्कृतिक कार्यक्रम, साङ्गितिक कार्यक्रम, एकल नित्य प्रतियोगिता, एस एल सी उतिर्ण बिधार्थीहरु लाई सम्मान, हाजिरीजवाफ प्रतियोगिता, पोखरेली कलाकारहरु को प्रस्तुती, म्याग्दी जिल्लाबाट बिषेश पहिचान बनाउन सफल राष्ट्रिय स्रस्ता सम्मान,जेष्ठ नागरिक सम्मान तथा अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता रहेको थियो। खुला एकल नित्य प्रतियोगिता अन्तर्गत, रत्नेचौर ७ म्याग्दी का कबिता आलेमगर प्रथम भई रु ५,००० आफ्नो पोल्टामा पारिन भने द्धृतिय र तृतिय क्रमश बाग्लुङ बजार निबासी सोनम थापा मगर र रत्नेचौर १ म्याग्दी का प्रमिला पुन मगर भई रु ३,००० र १,००० रुपैया प्राप्त गरिन्। यसैगरि अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगितामा वार्ड नं ९ र वार्ड नं ७ क्रमश प्रथम र द्धृतिय भएका छन्। कार्यक्रमा म्याग्दी जिल्लाबाट बिषेश पहिचान बनाउन सफल राष्ट्रिय स्रस्ताहरु गायिका धन कुमारी थापा, गायक बिर बहादुर कार्कि र साहित्यकार ध्रुबलाल शर्मा लाई दोसल्ला तथा सम्मान पत्र द्धारा सम्मान गरिएको थियो।  अर्जम गाउबाट २०६९ सालको प्रबेशिका परिक्षा उतिर्ण गर्ने बिधार्थीहरु लाई मायाँको चिनो तथा ११ जना ८० बर्ष काट्नुभएका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान तथा फलफुल बितरण पनि गरिएको थियो। कार्यक्रमको अन्तिम दिन पोखरेली कलाकारहरुको बिशेष प्रस्तुति जसमध्ये चेन आलेमगर द्धारा कमेडी नित्य प्रस्तुत र अन्य कलाकार हरुबाट बि-बोईङ, ट्युबलाईट डान्स जस्ता बिबिध प्रस्तुति रह्यो। कार्यक्रम आयोजनाका लागि वैदेशिक रोजगार तथा स्वदेशी व्यापार/ब्यवसायमा संलग्न रत्नेचौरवासी तथा अन्य सहयोग दाताहरुले उल्लेख्य मात्रामा आर्थिक सहयोग प्राप्त भएको थियो। सरकारी निकाय बाट कुनैपनि सहयोग नपाएको गुनासो गर्दै, कार्यक्रम अवधिभर २,१२,९२५/- रुपैया सहयोग संङ्कलन भएको संस्थाका अध्यक्ष खकेन्द्र थापा मगर ले जनाउनु भएको छ। स्मरण रहोस्, एकता अर्जम साँस्कृतीक समुहले बिगत  २०६४ सालदेखी निरन्तर रुपमा बिजयादशमी को अबसरमा बिबिध कार्यक्रम आयोजना गर्दै आईरहेको छ।
सम्पुर्ण सहयोग बिबरण पछि प्रकाशन गर्नेछौ।

Thursday, October 25, 2012

बृहत साँस्कृतीक कार्यक्रम सम्पन्न, भोली पोखरेली कलाकारहरुको प्रस्तुति सहित नित्य प्रतियोगिता हुने

           एकता अर्जम साँस्कृतीक समुह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजया दशमी को पाबन अबसर मा आयोजना गरेको बिबिध कार्यक्रम मध्ये आज बृहत साँस्कृतीक कार्यक्रम  तथा रास्ट्रिय श्रस्ताहरु  सम्मान सफलतापुर्बक सम्पन्न भएको छ। ” लोपउन्मुक संस्कृतिको संरक्षण गरौ, आन्तरिक पर्यटन को प्रबर्दन गरौ ” भन्ने मुल नाराका साथ आयोजित आजको  कार्यक्रमको प्रमुख अतिथी ईन्द्र थापा मगर ज्यू (सल्लाहकार २०६४-०६६; एकता अर्जम सांस्कृतिक समुह ) लाई बनाईएको थियो। आजको कार्यक्रममा गायिका धन कुमारी थापा, गायक बिर बहादुर कार्कि र साहित्यकार ध्रुबलाल शर्मा लाई दोसल्ला तथा सम्मान पत्र द्धारा सम्मान गरिएको थियो। यसैगरि  स्व. तेजिन्द्र स्मृती भबन निर्मानार्थ रु ८०,००० बराबरको जग्गा प्रदान गर्नुहुले श्री प्रेम थापा मगर ज्यू लाई पनि उहाँको अनुपस्थिति भएपनि दोसल्ला तथा सम्मान पत्र प्रदान गरियो। सुरक्षाको कारणले छोट्याईएको कार्यक्रम (दिउसो १ बजे देखि बेलुकी ७ बजे सम्म) अलि खल्लो भएको प्रतिकृया आएपनि भोलिको कार्यक्रम भब्य हुने संस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले बताउनु भएकोछ। साँस्कृतीक समुहको सम्पर्ण नित्यहरु पनि प्रस्तुत हुन बाँकि रहेको र भोलिको कार्यक्रममा प्रस्तुत गराईने भएको छ। आजको कार्यक्रममा गत बर्ष बिबाह बन्धनमा बाधिनुभएका कलाकारहरु निराजन थापा र निर्जना थापा लाई बधाई तथा मायाँको चिनो प्रदान गरिएको थियो ।

भोलीहुने कार्यक्रम जानकारी


-खुला एकल नित्य प्रतियोगिता।

-एकता अर्जम साँस्कृतीक समुह को तर्फबाट विविध साँस्कृतीक नित्य प्रस्तुति
-पोखरेली कलाकारहरुको बेजोड प्रस्तुति (कमेडी नित्य; चेन आले मगर तथा Tubelight Dance, B-boing, Hip Hop dance etc)
-S.L.C. उतिर्ण बिधार्थी हरुलाई सम्मान।
-११ जना ८० बर्ष काट्नुभएका जेष्ठ नागरिकहरुलाई सम्मान
- बिबिध साङ्गितिक प्रस्तुतिहरु
- पुरस्कार तथा प्रशंसा-पत्र  बितरण।
-समापन समारोह।
ईन्टरनेट समस्याको कारणले तस्बिरहरु राख्न नसकेकोमा क्षमाप्राथी छौ। केहि दिन पछि भिडियो तथा फोटोहरु अपलोड गर्नेछौ।

Monday, October 22, 2012

अर्जममा आज देखि दशै कार्यक्रम सुरु; १ लाख १५ हजार अग्रिम सहयोग


            एकता अर्जम साँस्कृतीक समुह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजया दशमी को पाबन अबसर मा आयोजना गरेको बिबिध कार्यक्रम आज देखि सुरु भएको छ। '' लोपउन्मुक संस्कृतिको संरक्षण गरौ, आन्तरिक पर्यटन को प्रबर्दन गरौ '' भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम मा विविध साँस्कृतिक कार्यक्रम, साङ्गितिक कार्यक्रम, एकल नित्य प्रतियोगिता, एस एल सी उतिर्ण बिधार्थीहरु लाई सम्मान, पोखरेली कलाकारहरु को बिषेश प्रस्तुती, म्याग्दी जिल्लाबाट बिषेश पहिचान बनाउन सफल राष्ट्रिय स्रस्ता सम्मान, राष्टिय तथा स्थानिय लोकदोहोरी गायक गायिकाहरुको प्रस्तुति तथा जेष्ठ नागरिक सम्मान तथा अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता कार्यक्रम रहनेकुरा अध्यक्ष खकेन्द्र थापा मगरले बताउनु भएकोछ।


कार्यक्रम को बिस्तृत बिबरण........


कार्यक्रम हुने स्थान: श्री रामचन्द्र माबी को प्राङ्गण, रत्नेचौर अर्जम, म्याग्दी

आयोजक: एकता अर्जम सांस्कृतिक समुह, रत्नेचौर अर्जम, म्याग्दी
मिडिया पार्टनरहरु: बाग्लुङ्ग अनलाई   Hamroratnechaur.wordpress.com  Unityarjam.blogspot.com

 कार्तिक ६ र ७ गते :
        अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता ( हाल जारी )

        प्रथम पुरस्कार रु ५००० (पुरस्कार प्रायोजक; हिमनाथ आचार्य, रत्नेचौर ७ म्याग्दी, हाल साउदी अरब)

        दोस्रो पुरस्कार रु ३००० (पुरस्कार प्रायोजक; चन्द्र ब. थापा मगर, रत्नेचौर ७ म्याग्दी)


कार्तिक ८ गते (दशैको दिन) :
         श्री रामचन्द्र माबी का बिधार्थीहरुको लागी हाजिरीजवाफ प्रतियोगिता, स्थानिय बयोबृद्दहरु बाट सोरठि, यानिमायाँ, सुनिमायाँ जस्ता  लोप लोपउन्मुक गित हरु प्रस्तुति, गाऊमा चलिआ‍एको बढोनाच प्रदर्शन, नयाँ प्रतिभा हरु बाट स्टेज गित प्रस्तुत।

कार्तिक ९ गते (बिशेष कार्यक्रम):
         - एकता अर्जम साँस्कृतीक समुह को तर्फबाट विविध  साँस्कृतीक नित्य प्रस्तुति ( सालैजो, कौडा, तामाङसेलो, कासिकाढे झ्याउरे, मारुनी, सोरठि, कर्पुतारे झ्याउरे, म्याग्देली चुड्का, तप्पा, पैसाझारे मारुनी जस्ता लोपउन्मुक नित्यहरु साथै मनोरञ्जनात्मक नित्यकोसेली हरु)
          -रास्ट्रिय श्रस्ताहरु लाई दोसल्ला तथा सम्मान पत्र द्धारा सम्मान कार्यक्रम (गायिका धन कुमारी थापा, गायक बिर बहादुर कार्कि र साहित्यकार ध्रुबलाल शर्मा)

           -संस्थाको बार्षिक आय- ब्यय बिबरण प्रस्तुत।

            -प्रेम थापा मगर ज्यू ( तेजिन्द्र स्मृती भबन निर्मानार्थ रु ८०,००० बराबरको जग्गा दाता) लाई सम्मान तथा संस्थाका कलाकार बिष्णु थापा लाई बिदाई।
        -रास्ट्रिय तथा क्षेत्रिय लोकदोहोरी गायक गायिकाहरुको प्रस्तुति (म्याग्दी लोकतारा का कलाकारहरु पनि)

कार्तिक १० गते :  
          -खुला एकल नित्य प्रतियोगिता
            प्रथम पुरस्कार रु ५००० (पुरस्कार प्रायोजक; नाम गोप्य राखिएको छ।)

           दोस्रो पुरस्कार रु ३००० (पुरस्कार प्रायोजक; सुमन थापा मगर, रत्नेचौर २ म्याग्दी, हाल बेल्जियम)

         -पोखरेली कलाकारहरुको बेजोड प्रस्तुति (कमेडी नित्य; चेन आले मगर तथा Tubelight Dance, B-boing,      Hip Hop dance etc)
          -S.L.C. उतिर्ण बिधार्थी हरुलाई सम्मान।

         - ''वृहत साँस्कृतिक कार्यक्रम तथा एकल नित्य प्रतियोगिता २०६९” सञ्चालनार्थ बिशेष सहयोगी हरु लाई प्रशंसा- पत्र बितरण।

            - जेष्ठ नागरिक सम्मान
       -रास्ट्रिय तथा क्षेत्रिय लोकदोहोरी गायक गायिकाहरुको प्रस्तुति (म्याग्दी लोकतारा का कलाकारहरु पनि)
           - बिबिध क्लबहरु को नित्य प्रस्तुती
           - बिबिध साङ्गितिक प्रस्तुतिहरु
           - पुरस्कार बितरण
           -समापन समारोह।
(नोट: यदि कार्तिक १० गते कार्यक्रम सम्पन्न नभएको खण्डमा कार्तिक ११ गते पनि कार्यक्रम सञ्चालन हुनेछ।)

     
               कार्यक्रम आयोजनाका लागि वैदेशिक रोजगार तथा स्वदेशी व्यापार/ब्यवसायमा संलग्न रत्नेचौरवासी तथा अन्य सहयोग दाताहरुले उल्लेख्य मात्रामा आर्थिक सहयोग गरेका छन्। सरकारी निकाय बाट कुनैपनि सहयोग नपाएको गुनासो गर्दै, कार्यक्रम अवधिभर रु २ लाख सम्म सहयोग उठ्नसक्ने संस्थाका पुर्ब अध्यक्ष राजु थापा मगर ले जनाउनु भएको छ। यो समाचार तयार पार्दासम्म रु १,१६,०४४/- सङ्कलन भैसकेको छ। हालसम्म  प्राप्त सहयोग दाताहरूको सहयोग रकम सहितको सूची तल उल्लेख गरे बमोजिम रहेको छ ।

सलमान थापा / बिष्णु थापा ग्रुप, रत्नेचौर ७, म्याग्दी (हाल मलेसिया) रु १५,०००/-
याम थापा मगर, ज्यामरुकोट भकुण्डे, म्याग्दी (हाल लण्डन) रु. १०,०००/-
रामचन्द्र थापा मगर, रत्नेचौर ७, म्याग्दी (हाल डेनमार्क) रु ६,०००/-
युबराज थापा मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल कतार) रु ५,५५५/-
डील आले मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी (हाल बेल्जियम) रु ५,४५०/-
हिमनाथ आचार्य, रत्नेचौर ७, म्याग्दी (हाल साउदी अरब) रु. ५,००० /- (भलिबल प्रथम पुरस्कार प्रायोजक)
(नाम गोप्य) रु. ५०००/- (खुला एकल नित्य प्रतियोगिता को प्रथम पुरस्कार प्रायोजक)
प्रमोद श्रेष्ठ, बेनी बजार म्याग्दी ,  रु. ५,००० /- (ब्यानर डिस्पे प्रायोजक; श्रेष्ठ फर्निचर उधोग)
दम्मर ब थापा मगर, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल साउदी अरब) रु ५,०००/-
जङ्ग ब. थापा मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल युएई) रु ५,०००/- अरुण थापा मगर, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल कतार) रु. ५,०००/-
युबराज बिक , रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल युएई) रु ३,३३३/-
सुमन थापा, रत्नेचौर २ म्याग्दी (हाल बेल्जियम) रु ३,३००/- (नित्य प्रतियोगिता को दोस्रो पुरस्कार प्रायोजक)
कृष्ण पुन मगर, अर्चलबोट पोखरा कास्की, (हाल युके) रु ३,०००/-
खम थापा मगर, रत्नेचौर ५ म्याग्दी रु. ३,००० /- (ब्यानर डिस्पे प्रायोजक; हाम्रो बेनी पुस्तक पसल)
सन्तोस राबल,  बेनी बजार रु. ३,००० /- (ब्यानर डिस्पे प्रायोजक; एस एन एस ''SNS'' ग्लास हाउस)
चन्द्र ब. थापा, रत्नेचौर ७ म्याग्दी (हाल साउदी अरब) रु ३,०००/- (भलिबल को दोस्रो पुरस्कार प्रायोजक)
मादब आले मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल कतार) रु २,५०५/-
चित्र थापा मगर, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल मलेसिया) रु २,५००/-
रुद्र थापा मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी (हाल कतार) रु. २,३००/-
करण आले मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी रु. २,००० /- (ब्यानर डिस्पे प्रायोजक; न्यू माच्छापुच्छ्रे रेस्टुरेन्ट)
समिर थापा मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी (हाल गुजरात, भारत) रु २,०००/-
जङ्ग ब. थापा मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल मलेसिया) रु. १,७००/-
युबराज प्रधान, रत्नेचौर ९ अर्जम, म्याग्दी (इन्डिया आर्मी) रु १,६०१/-
तुल बहादुर थापा मगर, रत्नेचौर ८ अर्जम, म्याग्दी (हाल कतार) रु १,६००/-
जितेन्द्र थापा मगर, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल साउदी अरब) रु १,५००/-भिम थापा मगर, रत्नेचौर ६, म्याग्दी रु. १,५०० /- (ब्यानर डिस्पे प्रायोजक; धौलागिरी गुञ्जन फेन्सी स्टोर)
श्याम प्रधान, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल भारत) रु १,५००/-  चित्र थापा मगर, रत्नेचौर ८ अर्जम, म्याग्दी (हाल मलेसिया) रु १,२००/-
रबिन थापा मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी (हाल ईराक) रु. १,०००/-
हर्क ब. थापा मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल भारत)  रु. १,०००/-
बनौ फेन्सी स्टोर, बाग्लुङ बजार रु ५००/-
राज टेलर्स, बाग्लुङ बजार रु ५००/-
नमस्ते होटल, बेनी बजार रु ५००/-

Wednesday, October 3, 2012

दशै को लागि प्रोमो भिडियो

एकता अर्जम साँस्कृतीक समुह ले आयोजना गर्ने वृहत साँस्कृतीक कार्यक्रम तथा एकल नित्य प्रतियोगिता २०६९ को लागी संस्थाका कार्यकारी सदस्य तथा कलाकार निराजन थापा मगर ले यो प्रोमो भिडियो निर्माण गरेका छन् । कार्यक्र यहि कर्तिक ८,९ र १० गते सञ्चालन हुनेछ।