welcome

बस्ति बस्तिमा चेतना छर्दै......

Wednesday, October 12, 2011

बृहत सांस्कृतिक तथा साङ्गितिक कार्यक्रम - २०६८

          एकता अर्जम सांस्कृतिक समुह को आयोजना मा यहि मिती २०६८ असोज २० गते बृहत सांस्कृतिक तथा साङ्गितिक कार्यक्रम भब्यताका साथ सम्पन्न भयो।  माननिय सभासद गोबिन्द पौडेल को प्रमुख आ‍तीथ्यतामा सम्पन्न कार्यक्रममा नेत्र महत, नर बहादुर थापा मगर, राजकुमार थापा मगर, आइत परियार जस्ता राजनितिकर्मी हरुको सहभगिता रहेको थियो। 
       
  '' लोप उन्मुख संस्कृतिको जगेर्ना गरौ, आन्तरिक पर्यटनको प्रबद्धन गरौ '' भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम मा संस्थाको तर्फबाट मारुनि नित्य, कौडा नित्य, रोधि नित्य, सालैजो नित्य तथा अन्य सांस्कृतिक नित्यहरु प्रस्तुत गरिएको थियो।

                 दर्शक हरु को उल्लेख्य मात्रामा सहभागिता रहेको   कार्यक्रममा   समाजसेवी तथा बुद्धिजिबी बर्गहरुको आसन ग्रहन ले कार्यक्रम को शोभा बढाएको थियो।  साथै सो कार्यक्रममा अर्जम गाऊ बाट २०६७ सालमा प्रबेशिका परिक्षामा उतिर्ण हुने ४५ जना बिधार्थिहरु लाई प्रशंसा पत्र तथा मायांको चिनो बितरण गरिएको थियो।
       संस्थाका अध्यक्ष राजु थापा मगर को सभापतित्व तथा सचिव रामचन्द्र थापा मगर को सञ्चालन मा सम्पन्न कार्यक्रममा रु ७५ हजार आर्थिक सङ्कलन भएको थियो। साथै ''नि: शुल्क स्वास्थ्य शिबिर २०६७'' का बिशेष सहयोगिहरु तथा संस्थाको बिशेष सहयोगि निराजन शिरिष र याम ब थापा मगर लाई पनि सम्मान गरिएको थियो।   कार्यक्रम  मा मिडिया पाट्नर को रुपमा बागलुङ एफ एम, रेडियो म्याग्दिकालि, नब बिकल्प साप्ताहिक र म्याग्दि सञ्चार साप्ताहिक समाचार पत्र रहेका थिए।

No comments:

Post a Comment