welcome

बस्ति बस्तिमा चेतना छर्दै......

Monday, September 24, 2012

सहयोग अभियान

                   रत्नेचौर, अर्जम म्याग्दी मा स्थापित एकता अर्जम साँस्कृतीक समुह ले हरेक बर्ष जस्तै २०६९ सालको शुभ बिजया दशमीको पावन अवसरमा  यहि कर्तिक ८,९ र १० गते वृहत साँस्कृतीक कार्यक्रम तथा एकल नित्य प्रतियोगिता आयोजना गर्ने भएको छ। संस्थाको पाँचौ बार्षिर्कोत्सवको अबसरमा गर्न लागिएको ''वृहत साँस्कृतीक कार्यक्रम तथा एकल नित्य प्रतियोगिता'' सञ्चालनार्थ सहयोग अभियान सुरु गरिएको छ। एकता अर्जम साँस्कृतीक समुहको संस्थापक अध्यक्ष रामचन्द्र थापा मगरको संयोजकत्वमा सहयोग अभियान सञ्चालन सुरु गरिएको सँस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले बताउनु भएको छ। म्याग्दी जिल्ला रत्नेचौर गाबीस, अर्जममा आयोजना गरिने ३ दिने कार्यक्रममा  विविध साँस्कृतिक कार्यक्रम, साङ्गितिक कार्यक्रम, एकल नित्य प्रतियोगिता, एस एल सी उतिर्ण बिधार्थीहरु लाई सम्मान, पोखरेली कलाकारहरु को बिषेश प्रस्तुती, म्याग्दी जिल्लाबाट बिषेश पहिचान बनाउन सफल राष्टिय कलाकारहरु लाई सम्मान, राष्टिय तथा स्थानिय लोकदोहोरी गायक गायिकाहरुको प्रस्तुति तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम रहनेकुरा अध्यक्ष खकेन्द्र थापा मगरले बताउनु भएकोछ।
                    बिषेश गरेर बैदेशिक रोजगारीमा रहनुभएका सँस्थाका सहयोगदाता एवम् सुभचिन्तक हरुलाई लक्षित गरेर ''सहयोग अभियान'' कार्यक्रम सँञ्चालनमा ल्याइएको हो। साथै कर्यक्रमको लागि प्रायोजक, प्रबन्दक, ब्यानर प्रायोजक, मिडिया पार्टनर, पुरस्कार प्रायोजक, बिज्ञापनदाता साथै प्रचार प्रसार को लागि लिला थापामरगर, राजु थापामगर र खकेन्द्र थापामगर  को  सँयोजकत्वमा कार्यक्रम तिब्र रुपमा अगाडि बढाइएको छ। सहयोगदाताहरुको सहयोग बिबरण
एकता अर्जम साँस्कृतीक समुह को अफिसियल फेसबुक पेजमा अपडेट गरिनेछ।  बिगतमा लिसाँर कला केन्द्र सञ्चालन गर्नु्भएका तथा हाल दिपज्योति कलाँ केन्द्र पोखरामा क्रियाशील दिलिप रानामगर को प्रशिक्षणमा संस्थाका कलाकारहरुले  बिबिध प्रस्तुतीहरु जस्तै सालैजो, मारुनि, कौडा, तामाङ सेलो, चुड्का, कर्पु तारे झ्याउरे, काशीकाधे झ्याउरे, पैसाझारे मारुनी जस्ता लोपउन्मुक नित्यहरु तथा मनोरञ्जनात्मक प्रस्तुती हरु प्रस्तुत गर्नेछन्।