welcome

बस्ति बस्तिमा चेतना छर्दै......

Sunday, November 28, 2010

एकता अर्जम सांस्कृतिक समुहको सांस्कृतिक प्रस्तुति...

कस्तुरीको पिना.......
कलाकार हरु-
राजेश थापा मगर,
निराजन थापा मगर,
अरुण थापा मगर,
जस्मिना थापा मगर,
अनिता थापा मगर
निर्जना थापा मगर
पुर्नि थापा मगर

Wednesday, November 24, 2010

परिचय

  • एकता अर्जम सांस्कृतिक समुह, म्याग्दी जिल्ला रत्नेचौर गा.वि.स. को रत्ननगरि अर्जममा रामचन्द्र थापा मगरको अध्यक्षतामा वि.सं. २०६४ सालमा स्थापित तथा वि.सं. २०६६ सालमा नेपाल सरकार बाट स्वीकृत प्राप्त सांस्कृतीक समुह हो ।
  • हाम्रो रितिरिवाज, मौलीक परम्परा, कला संस्कृतीको संरक्षण तथा सम्बर्दनका खातिर स्थापित यस सांस्कृतिक समूहको मुख्य उद्देश्य युवावर्गलाई एकीकृत रुपमा अगाडी बढाई समाज सेवा प्रतिको भावना विकसीत गराई कार्यान्वयन गराउनु हो ।
  • एकता अर्जम सांस्कृतीक समुहले विगतका वर्षहरुमा विभिन्न सांस्कृतीक, साङगीतीक, खेलकुद कार्यक्रमहरु सफलता पुर्वक सञ्चलान गरिसकेको छ र आउँदा वर्षहरुमा पनि विविध समाज सेवा मुलक कार्यहरु तथा कला संस्कृतीको जगेर्ना गर्नका लागी सांस्कृतीक कार्यक्रमहरु र युवा वर्गलाई समेट्न विविध खेलकुद प्रतियोगिताहरु आयोजना गर्नेछ ।
  • एकता अर्जम सांस्कृतीक समुहलाई निरन्तरता दिन इच्छुक नव प्रतिभाहरुलाई आवश्यक प्रशिक्षण दिनुका साथै विभिन्न प्रतिभा भएका व्यक्तीहरु तथा नेपाल भित्र एवं नेपाल बाहिर कला संस्कृतीको संरक्षणको निम्ती सांस्कृतीक क्रियाकलापका सम्बन्धमा हुने कार्यहरुको लागी साझा थलो प्रदान गर्नेछ 
  • एकता अर्जम सांस्कृतीक समुहले विविध कार्यक्रम मार्फत संकलन गरेको आर्थीक रकम समाज सेवाको लागी नै खचीनेछ ।
  • एकता अर्जम सांस्कृतीक समुह सधै तपाईहरुको ऋणी हुनेछ, सदैव तपाईहरुको सहयोगको अपेक्षा राख्दछ, तपाईहरुको माया ममताको सदैव भोगी हुनेछ । तपाईहरुले गर्नुभएको माया, ममता, सहयोगहरुलाई एकता अर्जम सांकृतीक समुहले कहिल्यै पनि खेर जान दिनेछैन ।